नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) को सातौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन तथा धन्यवाद ज्ञापन

नेपाल आयुर्वेद औषधि उत्पादक सघ (AMPAN) को आज सम्पन्न सातौ महाअधिबेसनबाट मलाई अध्यक्षको रुपमा निर्बिरोध निर्बाचित गरी नेतृत्व हस्तान्तरण गर्नुहुने सघका निबर्तमान अध्यक्ष श्री मान बहादुर साउद लगायत सम्पुर्ण आयुर्बेद उध्योगी साथिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु । हाम्रो तेह्र सदस्यिय नब निर्वाचित कार्यसमित यस्तो रहेको छ ।
अध्यक्ष:- श्री सुमन प्रसाद पाण्डेय
ब.उपाध्यक्ष :- श्री चन्द्रकान्त खनाल
उपाध्यक्ष : श्री महेन्द्रराज बज्राचार्य
महासचिव : श्री बुद्धिमान शाक्य
कोषाध्यक्ष : श्री सूर्यकृष्ण श्रेष्ठ
सचिव :- डा. सुमन पौडेल
स. कोषाध्यक्ष: श्री अर्जुन पौडेल
सदस्यहरु:
श्री नारायण प्रसाद सापकोटा
श्री राजेन्द्र वस्नेत
श्री सिदार्थ खण्डेवाल
श्री विनोद अधिकारी
श्री मनिष कुमार झा
सातौ महाअधिबेसन सम्पन्न गर्ने क्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थलमा रही आफ्नो बिषेश सम्बोधन सहित शुभकामना हौसला एबम सल्लाह दिनुहुने माननिय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतज्यु, औषधि ब्यबस्था बिभागका महानिर्देशक श्री नारायण प्रसाद ढकालज्यु, FNCCI का बस्तुगत अध्यक्ष हेमराज ढकालज्यु, बिभिन्न सघ सन्स्था का अध्यक्ष तथा प्रतिनिधिज्युहरु, पत्रकार साथिहरु सहित सहयोगी मित्रगणहरुमा उच्च सम्मान सहित सबैलाई ह्र्दय देखि धन्यबाद ब्यक्त गर्दछु ।
यो कार्यक्रम सम्पन्न गर्न आर्थिक र भौतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण उध्योगी साथिहरु, सहयोगी दाताहरु लगायत सबैमा हार्दिक हार्दिक आभार प्रकट गर्दछु ।

नेपालको पहिलो निजि आयुर्वेद औषधी उत्पादक, आरोग्य भवन वर्क्स १०० वर्षमा प्रवेश मनाउदै ‘शताब्दी महोत्सव समारोह’

काठमाडौं। नेपालको पहिलो निजि आयुर्वेद औषधी उत्पादक, आरोग्य भवन वर्क्स प्रालीले आफ्नो स्थापनाको १०० वर्ष पुगेको अवसरमा ‘शताब्दी महोत्सव समारोह’ आयोजना गर्ने भएको छ।

आरोग्य भवन वर्क्सले पत्रकार सम्मेलन गर्दे यही चैत्र १५ गते स्थापनाको १०० वर्ष पुगेको अवसरमा ‘सताब्दी महोत्सव समारोह’ गर्न लागेको जानकारी दिइएको हो।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आरोग्य भवन वर्क्सका अध्यक्ष सुबोध कुमार अधिकारीले परम्परागत बिधि बाट काठमाडौंको डिल्लिबजारबाट उत्पादन शुरु गरेको यस कम्पनी बिभिन्न उतार चडावका बिच निरन्तर १०० वर्षको यात्रामा धापासी हुदै हाल पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास अन्तर्गत आधुनिक उद्यगबाट उत्पादन शुरु गरिरहेको जानकारी दिए।

कार्यक्रममा आरोग्य भवन वर्क्सका कार्यकारी निर्देशक सुमन पाण्डेले कम्पनीको ऐतिहासिक यात्राको जानकारी दिएका थिए। यसको स्थापना १९२५ मा शाही आयुर्वेदिक वैद्य शिवनाथ रिमाल र नरेन्द्रनाथ रिमाल द्वारा स्थापित आरोग्य भवन वर्क्स प्रा. लि.ले आयुर्वेदिक प्रणालीको प्रवर्द्धन गर्दै रोग उपचारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। सन् १९३० को दशकमा, तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणा गम्भीर बिरामी परेका थिए, जसलाई शिवनाथ रिमाल द्वारा निर्मित औषधिको प्रयोगले निको पारिएको थियो। त्यसपछि उहाँलाई शाही आयुर्वेदिक वैद्य राजवैद्यको रूपमा नियुक्त गरिनुका साथै गोर्खा दक्षिण बाहु प्रथम श्रेणीको सम्मान प्रदान गरिएको थियो निर्देशक पाण्डेले जानकारी दिए।

कार्यक्रममा नेपालको पहिलो अग्रणी निजी आयुर्वेदिक कम्पनीले परम्परागत विधिलाई कायम राख्दै आधुनिक उद्योगको स्थापना गरेको तथा १०० वर्ष पुरा गरेकोमा अतिथिहरु आयुर्वेद क्याम्पस किर्तिपुरका क्याम्पस प्रमुख शिव मंगल प्रसाद, आयुर्वेद विभागका डा प्रकाश ज्ञवाली,  आयुर्वेद चिकित्सक डा श्रृजना श्रेष्ठ लगायतले शुभकामना दिएका थिए।

कम्पनीले हाल विभिन्न रोग उपचारका लागि कस्तुरी भुषण, कस्तुरादी चक्की, नवरस, तितेपाती तेल, अश्वगन्धा तेल, ब्रह्मी तेल, तुलसी हर्बल चिया, पिनासनाश तेल, संजीवनी, शिलाजीत, तपस्विनी बटी, पाइलोन ट्यावलेट, भिटेक्स ट्यावलेट र मेगाल्याक्स पाउडर जस्ता आयुर्वेदिक औषधिहरू उत्पादन गर्दै आएको छ।

आरोग्य भवन वर्क्स प्रालिले आइएसओ ९००१:२००८ तथा जीएमपी प्रमाणित उत्पादन प्रणाली अपनाएको छ। कम्पनीले कच्चा पदार्थको गुणस्तर परीक्षण, अत्याधुनिक उत्पादन विधिहरू, तथा सघन गुणस्तर परीक्षण प्रक्रिया मार्फत सुरक्षित तथा प्रभावकारी उत्पादनहरू उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उद्योगको ऐतिहासिक उपलब्धि — आरोग्य भवनलाई GMP प्रमाणपत्र प्राप्त

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उध्योग आरोग्य भवनले आज (२०८२/११/१०) नेपाल सरकार औषधि ब्यबस्था बिभागबाट औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र (GMP Certificates) प्राप्त गर्न सफल भएको छ। खुशीको यस अबसरमा हामी उध्योगमा कार्यरत सम्पुर्ण कर्मचारी, सन्चालक, थोक तथा खुद्रा बिक्रेता, स्वास्थ्यकर्मी चिकित्सक, शुभ चिन्तक तथा औषधि ब्यबस्था बिभाग परिवार तथा हामीलाई मार्गनिर्देशन र सल्लाह एबम सुझाब दिनुहुने सहृदयी मनहरुमा हार्दिक नमन एबम धन्यवाद ब्यक्त गर्दछौ। यो प्रमाणपत्र मात्र नभएर आयुर्वेद प्रतिको हाम्रो लगाब माया र प्रोत्साहन पनि हो जसले हामीलाई थप उत्तरदायी र जिम्बेवार बनाउने छ। जय आरोग्य। जय आयुर्वेद्।। 💐🙏🕉️